काठमाडौं,
जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भरतपुर आँखा अस्पताल, चितवनलाई २ लाख ६० हजार रुपैयाँ बराबरको २० थान थ्रीसिटर आगन्तुक कुर्सी प्रदान गरेको छ ।
बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योति संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई एक कार्यक्रमकाबीच उक्त सामग्री हस्तान्तरण गरेका थिए । भरतपुर आँखा अस्पताल नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गैर नाफामूलक अस्पताल हो ।
यस अस्पतालले चितवन लगायत आसपासका जिल्लामा गुणस्तरीय आँखा उपचार सेवा सञ्चालन गरिरहेको छ । यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्र विद्या मन्दिर क्याम्पस, टीकापुर, कैलालीको पुस्तकालयलाई ७५ हजार रुपैयाँ बराबरको विभिन्न सन्दर्भ पुस्तकहरू उपलब्ध गराइएको भन्दै बैंकले जनस्तरबाट सञ्चालित उक्त क्याम्पसमा करिब ५ सय विद्यार्थी अध्ययनरत रहेको पनि जनाएको छ ।































प्रतिक्रिया