रिलायन्स ग्रुपले गर्यो सीएफ मोटो र जीहो इलेक्ट्रिक स्कुटरको टेष्ट राइड र बुकिङ खुला

रिलायन्स ग्रुपले गर्यो सीएफ मोटो र जीहो इलेक्ट्रिक स्कुटरको टेष्ट राइड र बुकिङ खुला

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो मोटरसाइकल र जीहो इलेक्ट्रिक स्कुटरको टेष्ट राइड र बुकिङ खुला गरिएको छ।

नेपाली बजारमा हालै सार्वजनिक गरिएका सीएफ मोटोको एनके २५०, एसआर २५० र एनके ४५० मोटरसाइकल तथा जीहो ब्राण्डको इलेक्ट्रिक स्कुटर एई६ एलआर डबल ब्याट्री र सीटी स्पोर्टसलाई सोरुममा गएर टेष्ट राइड तथा बुकिङका लागि खुला गरिएको कम्पनीले जनाएको छ।

टेष्ट राइड तथा बुकिङका लागि कम्पनीको नक्साल, झम्सिखेल र सल्लाघारीस्थित सोरुममा गएर गर्न सकिने कम्पनीले बताएको छ।

कम्पनीले बिक्री सुरु गरेको जिहो एई ६ प्लस सिंगल ब्याट्री भेरिएन्टको मूल्य ३ लाख ४४ हजार ९०० र डवल ब्याट्री भर्सनको ३ लाख ९४ हजार ९०० तोकेको छ । अर्को नयाँ बाइक सिटी स्पोर्टको मूल्य ३ लाख ४९ हजार ९०० निर्धारण गरिएको छ।

यस्तै, सीएफ मोटो २५० एनकेको ५ लाख ९९ हजार, २५० एसआरको ६ लाख ७४ हजार ९०० र ४५० एनकेको ११ लाख १९ हजार ९०० निर्धारण गरिएको छ।

सीएफ माटो र जीहोका उत्पादनको बिक्री वितरण एबं स्पेयर पार्ट्स र सर्भिस उपलब्ध गराई ग्राहकलाई सहज सेवा उपलब्ध गराउने हेतुले नयाँ वितरकका रुपमा ऋषि ट्रेड सेन्टर छनोट भएको कम्पनीको दाबी छ।

ग्राहकको सेवालाई प्राथमिकतामा राख्दै कम्पनीले समय सापेक्षिक योजना तथा नयाँ उत्पादनहरु सार्वजनिक गर्ने योजना बनाएको बताइएको छ।

Skip This
Logo