एमएडब्लू वृद्धि डोङफेङ प्यासेन्जरको आधिकारिक वितरक, ह्याचब्याक नामी ०१ नेपाल ल्याउने

एमएडब्लू वृद्धि डोङफेङ प्यासेन्जरको आधिकारिक वितरक, ह्याचब्याक नामी ०१ नेपाल ल्याउने

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । एमएडब्लू वृद्धिले डोङफेङ प्यासेन्जर भेइकलको आधिकारिक वितरक बनेको घोषणा गरेको छ।

कम्पनीको पहिलो राइट ह्यान्ड ड्राइभ उत्पादन नामी ०१ अब नेपाली बजारमा उपलब्ध हुने एमएडब्लुले बताएको हो।

प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी ०१ मा ४०३०/१८१०/१५७० एमएम डाइमेन्सन, २६६० एमएम ह्विलबेस, १७६ एमएम ग्राउन्ड क्लियरेन्स र स्टाइलिस आर१७ ह्विल रहेको बताइएको छ। यसमा प्रयोग भएका सेगमेन्ट फर्स्ट फ्रेमलेस डोर, फ्लस ह्यान्डल्स र सेल्फ पार्किङ क्षमतायुक्त इनोभेटिभ टेक्नोलोजी र डिजाइनले गाडीलाई अन् भन्दा फरक देखाएको कम्पनीको दाबी रहेको छ।

पाँच व्यक्ति आरामका साथ बस्न मिल्ने नामी ०१ सात आकर्षक कलरमा उपलब्ध रहेको जसमध्ये चार सिंगल कलर र तीन ड्युअल टोन कम्बिनेसनमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। ककपिटमा ५ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल, टु–स्पोक मल्टी–फङ्सनल स्टेयरिङ ह्विल र १२.८ इन्चको सेन्ट्रल स्क्रिन रहेको छ, जुन मोबाइल रिमोट कन्ट्रोल र ओभर–द–एयर अपडेटसहित उपलब्ध रहेको छ।

४२.३ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याकद्वारा सुसज्जित नामी ०१ ले एनईडीसी साइकल अनुसार ४३० किलोमिटरको रेन्ज दिने र डीसी चार्जरको प्रयोग गरी ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेपनि कम्पनीको दाबी छ।

एमएडब्लू ग्रुपअन्तर्गत चांगान, फोटोन, सेरेस, जेसीबी, स्कोडा, जिप, आइसर, यामाहालगायत कमर्सियल र प्यासेन्जर सेगमेन्टका २० भन्दाबढी ब्रान्ड नेपालमा उपलब्ध रहेका छन्।

देशभर रहेका ३ सयभन्दा बढी टच पोइन्टको फैलिँदो नेटवर्कमार्फत सो ग्रुपले कार्य गरिरहेको र सो ग्रुपसँग १ हजार २ सयभन्दा बढी कर्मचारीसहितको डेडिकेटेड टिम रहेको कम्पनीको दाबी छ।

Skip This
Logo