१ करोड ४९ लाख ९६ हजार मूल्यसहित बीएमडब्ल्यूको आईएक्स वान नेपाली बजारमा

१ करोड ४९ लाख ९६ हजार मूल्यसहित बीएमडब्ल्यूको आईएक्स वान नेपाली बजारमा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्ल्यूको आईएक्स वान इलेक्ट्रिक एसएभी भेइकल नेपाली बजारमा भित्र्याएको छ।

नेपालमा दिगो मोबिलिटी प्रदान गर्ने प्रतिबद्धताका साथ लक्ष्मी मोटर्सले बीएमडब्ल्यूको आईएक्स वान इलेक्ट्रिक एसएभी भेइकल नेपाली बजारमा भित्र्याएको हो।

प्रिमियम कम्प्याक्ट सेग्मेन्टमा बजारमा उपलब्ध बीएमडब्ल्यूको यो अर्को भेरिएन्टको स्पोर्ट्स एक्टिभिटी भेइकल कम्पनीले बताएको छ। जसमा ई–ड्राइभ २० ले प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा आकर्षक इन्ट्री गरेको छ जसले डब्ल्यूएलटीपी अनुसार प्रति १०० किलोमिटर दूरी पार गर्दा १७.२ देखि १५.४ किलोवाट आवरको कम्बाइन्ड पावर लिन्छ भने शून्य कार्वन डाइअक्साइड उत्सर्जन गर्ने कम्पनीको दाबी छ। उक्त गाडी १५० किलोवाट अर्थात २०४ एचपी सम्म म्याक्सिमम आउटपुट दिने इलेक्ट्रिक मोटरद्वारा सञ्चालित हुन्छ र ४३० देखि ४७५ किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले बताएको छ।

त्यसैगरी यसको म्याक्सिमम टर्क २५० एनएम रहेको र सो कम्प्याक्ट एसएभीले ८.६ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टासम्मको गति लिन सक्न्का साथै टप स्पिड १७० किलोमिटर प्रतिघण्टासम्म हुने कम्पनीको दाबी छ।

गाडीमा ६४.७८ किलोवाट आवरको ब्याट्री रहेको र जसले भउको ई–मोटरसमेतको सहयोगले उपयुक्त पावर प्रदान गर्नुका साथै रेन्ज बढाउन भूमिका खेल्ने बताइएको छ। यसलाई ११ किलोवाटसम्मको स्ट्यान्डर्ड एसी चार्जरबाट चार्ज गर्न सकिनुका साथै सोबाट साढे ६ घण्टामा फुल चार्ज गर्न सकिनेपनि कम्पनीले जानकारी दिएको छ। त्यस्तै, २२ किलोवाटसम्मको थ्री–फेज एसी चार्जिङपनि अप्सनलमा उपलब्ध छ। जसले चार्जिङ समयलाई साढे ३ घण्टामा सीमित गर्ने, ब्याट्रीलाई १३० किलोवाटसम्मको डिरेक्ट करेन्टबाट पनि चार्ज गर्न सकिने, फास्ट चार्जिङ स्टेसनमा २९ मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

बीएमडब्ल्यु आईएक्स वान ई–ड्राइभ २० मा टु–जोन अटोमेटिक एयर कन्डिसनिङ, विभिन्न आधुनिक ड्राइभर असिस्टेन्स सिस्टम, रिभर्स असिस्ट क्यामेरासहितको पार्किङ असिस्टेन्ट र असंख्य इनोभेटिभ डिजिटल पोसिबिलिटिज रहेको र यसमा क्विकसेलेक्ट र नयाँ बीएमडब्ल्यू अपरेटिङ सिस्टम ९ स्ट्यान्डर्ड इक्विपमेन्टका रुपमा रहेको बताइएको छ।

Skip This
Logo