एक्सप्रेस-टी ट्याक्सी खरिद गर्दा अब पठाओमा निःशुल्क दर्ता गर्न सकिने

एक्सप्रेस-टी ट्याक्सी खरिद गर्दा अब पठाओमा निःशुल्क दर्ता गर्न सकिने

केन्द्रबिन्दु
9
Shares

अब एक्सप्रेस–टी ट्याक्सी खरिद गर्ने ग्राहकहरूले राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालमा निःशुल्क दर्ता गर्न पाउने भएका छन् ।

पठाओ र नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच उक्त सम्झौता भएको हो । आगामी तीन महिनासम्म खरिद गरिएका एक्सप्रेस–टी ट्याक्सी अब निःशुल्क रूपमा दर्ता गर्न सकिनेछ । यो सहकार्यले एक्सप्रेस–टी ट्याक्सी ग्राहकहरूले सजिलै निःशुल्क पठाओमा आबद्ध हुन सक्नेछन् भने यात्रुहरूले पनि सजिलै विद्युतीय ट्याक्सीमार्फत् आरामदायी यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित पठाओले हालै मुलुकभर सेवा विस्तार गर्ने नीतिअनुसार थप १७ सहरमा ‘बाइक राइड’ सेवा सुरु गरिसकेको छ । हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी व्यक्ति आबद्ध छन् ।

Skip This
Skip This
Logo