कलाकार सुमन कार्की इसेवाकाे ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध

कलाकार सुमन कार्की इसेवाकाे ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध

केन्द्रबिन्दु
112
Shares

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले कलाकार सुमन कार्कीसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर गरेको छ ।

इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र कलाकार सुमन कार्कीबीच पुल्चोकस्थित इसेवाको मुख्य कार्यालयमा एक औपचारिक कार्यक्रममार्फत सम्झौतामा हस्ताक्षर भएकाे हाे ।

यस साझेदारीको बारेमा बोल्दै इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम इसेवाको आगामी दिनहरूमा हुने प्रचारप्रसारको क्रममा कार्कीको महत्वपूर्ण भूमिका हुने जनाएका छन् । लोकप्रिय नेपाली रियालिटी शो कमेडी च्याप्पियनबाट हास्य कलाक्षेत्रमा प्रवेश गरेका कार्की नेपाली हास्य व्यगं क्षेत्रमा छोटो समयमै असाधारण लोकप्रियता पाउने कलाकारको रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन्।

आउने दिनहरुमा इसेवाले गर्ने विभिन्न कार्यक्रम तथा योजनाहरुमा उनको कलाकृत मार्फत ग्राहकहरुलाई मनोरञ्जनात्मक शैलिद्वारा प्रचारप्रसारमा मद्दत पुग्ने विश्वासको साथ यो सम्झौता गरिएको पनि चिफ बिजनेस अफिसर आशिष गौतमले बताएका छन् । इसेवा र कार्कीबीचको यस साझेदारीले ब्रान्डको प्रचारप्रसारसँगै दर्शक र ग्राहकहरुले रमाइलो शैलिको प्रस्तुत सामग्रीहरु पनि देख्न पाउनेछन्।

इसेवा लि. सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

Logo