बजेटले निजी क्षेत्रलाई न्याय हुनेगरी समेटेको छ, आर्थिक वृद्धिको लक्ष्य सम्भव छः अध्यक्ष ढकाल [भिडियाे]

बजेटले निजी क्षेत्रलाई न्याय हुनेगरी समेटेको छ, आर्थिक वृद्धिको लक्ष्य सम्भव छः अध्यक्ष ढकाल [भिडियाे]

केन्द्रबिन्दु
126
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले बजेटले निजी क्षेत्रलाई न्याय हुने गरी समेटेको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रस्तुत गरेको आगामी आव २०८१/८२ को बजेटबारे अध्यक्ष ढकालले महासंघले दिएको सुझाव पनि समेटिएकोमा खुशी व्यक्त गरेका हुन् ।

‘उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरण को सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो सोही अनुरूप नयाँ चरण को सुधार र आयोग बन्ने सँगै सुधार बर्ष घोषणा भएको छ ।’ उनले भने ।

यस्तै, महासङ्घले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ । कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आउनु स्वागतयोग्य भएको ढकालको भनाई छ ।

साथै अध्यक्ष ढकालले बजेटबाट सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव भएको बताएका छन् । ‘निजी क्षेत्र प्रवर्द्न जुन महासंघको सधैको माग थियो त्यसलाई पहिलो प्राथमिकतामा समेटिएको छ। यसको कार्यान्वयन राम्रोसँग हुन सक्यो भने ६५ को आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव पनि छ । बाँकी राजश्वमा भएको परिवर्तन अन्य विषयका असर का बारेमा आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्नेछ ।’ उनले भने ।

Logo