बजेट चलायमान नै भएको क्षेत्रलाई पेलेर आयो -नाडा अध्यक्ष चौधरी

बजेट चलायमान नै भएको क्षेत्रलाई पेलेर आयो -नाडा अध्यक्ष चौधरी

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एशाेसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट चलायमान नै भएको क्षेत्रलाई पेलेर आएको बताएका छन् ।

केन्द्रबिन्दुसँग कुराकानी गर्दै अध्यक्ष चौधरीले चलायमान नै नभएको अटो क्षेत्रलाई थप समस्या पर्ने गरी बजेट आउनु उपयुक्त नभएको टिप्पणी गरेका हुन् । ‘खुम्चिँदै गएको अटोमोबाइल्स क्षेत्रलाई पेलेर मात्रै यस क्षेत्रमा सुधार हुन्छ जस्तो मलाई लाग्दैन, मौद्रिक नीतिबाट यो क्षेत्रलाई चलायमान बनाउनुपर्छ भनेर लाग्यो भने त्यसपछि सुधार हुने चान्स छ,’ उनले भने । अटोमोबाइल्सका केही क्षेत्रलाई भने फाइदा पुग्ने गरी बजेट आएको पनि चौधरीले बताए ।

उनका अनुसार बजेट अटो क्षेत्रलाई फाइदा/बेफाइदा दुवै तरिकाट हुने गरी आएको छ । ‘आर्थिक अवस्थालाई चलायमान बनाउनको लागि बजेट ल्याइएको हो कि हैन भन्ने विषयमै ठूलो प्रश्न उठेको छ, बजेटमा सबै विषयमा नकारात्मक पनि छैन । यद्यपि यस क्षेत्रको सुधारको निमित्त बजेटमार्फत केही सम्बोधन हुन्छ भन्ने अपेक्षा थियो, तर यस क्षेत्रलाई उत्साह हुने तरिकाले सम्बोधन भने भएन,’ उनले भने ।

बजेट केही हदसम्म निजी क्षेत्रलाई सान्त्वना दिने तरिकाबाट आएको उनको भनाइ छ ।

Logo