काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले ऊर्जाका धेरै विषय नसमेटेको बताएका छन्। केन्द्रबिन्दुसँग कुराकानी गर्दै अध्यक्ष कार्कीले ऊर्जालाई प्राथमिकताको विषयमा राखेतापनि निजी क्षेत्रलाई समेट्ने गरी बजेट नआएका बताएका हुन्।
‘ऊर्जा क्षेत्रलाई प्राथमिकता दिएर बजेट आएपनि निजी क्षेत्रका मागभने सम्बोधन हुने किसिमको बजेट आएन, सरकारी हाइड्रोपावरको आयोजनलाई बढवा दिएको छ, तर निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएको मैले पाइन,’ उनले भने। निजी क्षेत्र उत्साहित हुने तरिकाबाट हाइड्रोपावर क्षेत्रमा बजेट नआएको कार्कीको आरोप छ।
१० वर्षमा २८ हजार विद्युत उत्पादन गर्ने लक्ष्य लिएतापनि सो योजनालाई पूरा गर्ने किसिमको नीति नियम बजेटमा उल्लेख नभएको कार्कीले बताए। ‘बजेटमार्फत हाइड्रोका केही नीति नियम परिमार्जन तथा सुधार भएर आउँला भन्ने अपेक्षा निजी क्षेत्रको थियो, अध्यादेशमार्फत केही नीति नियम सुधार भएका थियो। तर, बजेटबाट भएको देखिएन। भ्याटका विषयलाईपनि बजेटमा उल्लेख गरिएको पाइएन,’ उनले भने।
विद्युत् खरिद सम्झौता(पीपीए) का विषयपनि बजेटमा स्पष्ट उल्लेख नभएको कार्कीको भनाइ छ। कार्कीले बजेटमा समेट्नु पर्ने विषयलाई नसमेटिएको बताउँदै बजेटमा निजी क्षेत्र उत्साहित हुने किसिमको केही नदेखिएको बताए।





























प्रतिक्रिया