बजेटपछि अर्थमन्त्री पुन भन्छन्: आज रिल्याक्स मुडमा छौँ

बजेटपछि अर्थमन्त्री पुन भन्छन्: आज रिल्याक्स मुडमा छौँ

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले हिजो(मंगलबार) आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुतपछि आज रिल्याक्स मुडमा रहेको बताएका छन्।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पुनले बजेट सार्वजनिक हुनु अगाडि विभिन्न कारण दबाबमा रहेको र सार्वजनिक भएपछि आज रिल्याक्स मुडमा रहेको उल्लेख गरेका छन्।

उनले भने,‘बजेट सार्वजनिक हुनु अगाडि विभिन्न कारण दबाबमा थियौं, आज रिल्याक्स मुडमा छौं। प्रतिक्रिया पनि सन्तुलित नै आएको छ, जसले गर्दा हामी खुसी छौँ। सरोकारवालासँग संवाद गरेर सकेसम्म सकारात्मक दृष्टिले काम गर्छौं भनेका थियौँ। हतपतमा केही मान्छेको कुरा सुनेर करका दर बनाएका छौँ। केही इरर हुन सक्छ। आजका दिनमा हामी आँखा जुधाएर कुरा गर्न सक्ने अवस्थामा छौँ। सरकारका तर्फबाट सक्नेजति राम्रो गर्ने प्रयास गरेका छौँ।’

Logo