नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअप व्यवसायलाई प्राथमिकतामा राखेर सरकारले बजेट ल्याएकाे र यसबाट अब फाइदा लिनुपर्ने बताएका छन् ।
बुधबार महासंघको कार्यालयमा आयोजित ‘नीति संवाद स्टार्टअप नीति, २०८०’ मा बोल्दै अध्यक्ष ढकालले स्टार्टअप नीति धेरै ठूलो मिहिनेतपछि आएको र यसलाई बजेटले पनि प्राथमिकतामा राखेकाले भरपूर फाइदा लिनुपर्ने बताएका हुन् । स्टाटर्टको नयाँ नीतिले नयाँ उद्यमी जन्माउने पनि उनले विश्वास व्यक्त गरे ।
उनले भने, ‘स्टार्टअप नीति धेरै ठूलो मिहिनेत पछि आएको छ । सरकारले बजेटमा प्राथमिकतामा पनि राखेको छ । यसबाट अब फाइदा पनि लिनुपर्छ ।’
अध्यक्ष ढकालले सो क्रममा आफू पनि स्टार्टअप व्यवसाय गरेर नै यो अवस्थामा आइपुगेको स्मरण गराए । सरकारले बजेटमार्फत स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्न १ अर्बको कोष खडा गर्ने घोषणा गरेको छ ।
यस्तै, निजी क्षेत्रको सुझाव सरकारले पनि आत्मसाथ गरेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष ढकालले भने, ‘हामीले केही समयअघि पराम्परागत तरिकाबाट आर्थिक विकास हुँदैन, यसमा नयाँ शैली ल्याउनुपर्छ भनेका थियौं । त्यसपश्चात सरकारको ध्यान पुगेको पाएका छौं । आगामी बजेटमा पनि धेरै विषयको सुधार र यसका थप कार्यक्रम थपिएका छन् । हामी लाग्योैं भने धेरै क्षेत्रमा परिवर्तन गर्न सक्छौं ।’





























प्रतिक्रिया