काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य सामान्यरुपमा घटेको छ । आइतबार स्थिर रहेको सुन आज प्रतितोला १ सय रुपैयाँले घटेको हो ।
गत हप्ता आइतबार २ सयले घटेको थियो । सोमबार १ सयले घटेको थियो । मंगलबार १ हजार ५ सयले बढेर प्रतितोला ९४ हजार १०० मा कारोबार भएको सुन बुधबार १ हजार ६ सयले घटेको थियो । यस्तै विहिबार ९ सयले रुपैयाँले घटेको थियो । शुक्रबार स्थिर रहेको सुन आज आइतबार पनि स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ४०० सय र तेजाबी सुनको मूल्य ९१ हजार ९५० कायम रहेको छ ।
चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।































प्रतिक्रिया