बजेटमा घोषणा भएका कार्यक्रम बजेटमै सिमित नहुन्: परिसंघ अध्यक्ष अग्रवाल

बजेटमा घोषणा भएका कार्यक्रम बजेटमै सिमित नहुन्: परिसंघ अध्यक्ष अग्रवाल

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बजेटमा घोषणा भएका कार्यक्रम बजेटमै सिमित हुन नहुने बताएका छन्।

बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बजेटमा घोषणा भएका कार्यक्रम बजेटमै सिमित हुन नहुने र सफल कार्यान्वयन हुनुपर्ने उनले बताएका हुन्।

बजेटले नयाँ चरणको आर्थिक सुधार कार्याक्रम अगाडि बढाउने घोषणा गर्नु निकै सकारात्मक भएको उनको भनाइ छ। उनले अब छिट्टै आयोग गठन गरी यस्ता कामहरु अघि बढाउनुपर्ने बताए।

यस्तै, निजी क्षेत्रको मनोबल बढाउने उद्देश्य लिनु निकै राम्रो पक्ष भएकोपनि उनले बताए। कृषि, पर्यटन, सूचना प्रविधिलगायतलाई रुपान्तरणकारी परियोजनाको रुपमा लिएर कार्याक्रम ल्याइनु राम्रो भएको उनको भनाइ छ।

विभिन्न नियमावलीमा समयानुकूल परिमार्जन गरिने बजेटले प्रतिवद्धता जनाएकोमा उनले खुशी व्यक्त गरे। बौद्धिक सम्पत्तिमाथिको कानून ल्याउन परिसंघले जोडदिँदै आएकोमा बजेटले सम्बोधन गरेकापनि उनले बताए।

अग्रवालले विद्यमान शीथिल अर्थतन्त्रलाई माथि उकास्न राहत तथा सहुलियत प्याकेज आउने निजी क्षेत्रको अपेक्षा भएपनि आउन नसकेको बताए। ऋणको दायित्वका कारण पुँजीगत खर्च घटाउनुपर्ने अवस्था नआओस् भन्नेतर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए।

साथै बजेटलाई सार्थक बनाउन आगामी मौद्रिक नीति खुकुलो हुनुपर्नेमा उनले जोड दिए।

Skip This
Skip This
Logo