एलजीको ‘खेल्छ नेपाल घर घरमा’ योजना

एलजीको ‘खेल्छ नेपाल घर घरमा’ योजना

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । टी-२० विश्वकप क्रिकेट अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गतेदेखि सुरु हुँदैछ। जसमा नेपालले २०१४ पछि दोस्रो पटक भाग लिँदैछ।

नेपाली क्रिकेट टिमको र सम्पूर्ण विश्वकप म्याच घरमै बसेर हेर्न अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले ‘खेल्छ नेपाल घर घरमा’ योजना अघि सारेको छ ।

यस योजनाअन्तर्गत ग्राहकले एलजी टिभीबाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्याशब्याक र उपहार पनि जित्न सक्ने कम्पनीले दाबी गरेको छ।

योजना अनुसार कुनैपनि एलजी टिभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र १ लाखको व्यक्तिगत दुर्घटना बीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। साथै एलजी ओलेड टिभी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एस एन फोर उपहार सित्तैमा पाइनेछ।

कम्पनीका अनुसार ३२ इन्च देखि ८६ इन्च साइजसम्ममा उपलब्ध एलजीका टिभीहरु ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन्। एलजीका क्युनेड टि.भी, यू क्यु र यू आर सिरिज अन्तर्गतका युएचडी टिभीहरुमा ३ वर्षको पूरा वारेन्टी रहेको छ।

यसका साथसाथै शून्य प्रतिशत ब्याजदरमा ईएमआइ, कुनैपनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको कम्पनीले जनाएको छ।

यो योजना जेठ १७ गतेदेखि देशभर सीमित अवधिका लागि लागू गरिएको र नेपालभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।

Logo