गाडीको सडक सुधार शुल्क बढ्यो, सवारी साधन अझै महँगीने

गाडीको सडक सुधार शुल्क बढ्यो, सवारी साधन अझै महँगीने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सरकारले सार्क देशहरूबाट आयात गर्दा भन्सार महशुलमा दिँदै आएको छुटलाई हटाएको छ।

आगामि आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले सार्क देशहरूबाट आयात गर्दा भन्सार महशुलमा दिँदै आएको छुटलाई हटाएको हो।

सरकारले यसअगाडि भन्सार दर अनुसार ३ देखि ५ प्रतिशतसम्म छुट दिँदै आएकोमा मंगलबार प्रस्तुत बजेटले यसलाई हटाएको हो।

अब विगतमा जस्तो भन्सार महशुलमा छुट कुनैपनि देशबाट हुने आयातमा पाउन नसकिने र मोटरसाइकल, कार तथा अन्य सवारीसाधनमा लाग्ने भन्सारमा केही फरक पर्नेछ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकाले डिजेल/पेट्रोल गाडीको १ हजार सीसी, १५ सय सीसी र २ हजार सीसीका गाडीमा सडक सुधार शुल्क बढाएका हुन्।

यसअघि यस्ता सवारी साधनको सडक सुधार शुल्क ८ प्रतिशतमात्रै रहेको थियो। बजेटपछि भने यी सवारीको सडक सुधार शुल्क १० प्रतिशत पुगेको छ।

यी व्यवस्थाबाट नेपाली अटो व्यवसायीहरुलाई आहत दिएको र यसको प्रत्यक्ष असर उपभोक्तालाई नै पर्ने जानकारहरू बताउछन्।

Logo