टि२० विश्वकपलाई लक्षित गर्दै सिजीले ल्यायाे आकर्षक अफर

टि२० विश्वकपलाई लक्षित गर्दै सिजीले ल्यायाे आकर्षक अफर

केन्द्रबिन्दु
36
Shares

सिजी ब्राण्डले टि२० विश्वकप २०२४ लाई लक्षित गर्दै ‘खेल नेपालीको, टिभी नेपालको’ अभियान सुरु गरेको छ ।

यस रोमाञ्चक अभियानअन्तर्गत ग्राहकहरुले कुनै पनि सिजी ब्रान्डको टेलिभिजन खरिद गर्दा आकर्षक क्यासब्याक तथा ६५ र ७५ ईन्चको टि भी मा सि. जी.को २.१ स्पिकर प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

ग्राहकहरूले निःशुल्क डेलिभरी, निःशुल्क जडान, अन-द-स्पट ईएमआई, सीजी लोयल्टी क्लब रिवार्ड र सि. जी. इलेक्स् मार्फत आफ्नो सामानको मुल्याङ्कन आफै गरि एक्सचेन्ज गर्न सक्नेछन्। सिजी ब्रान्डका टिभीहरू नेपालको एक मात्र आइ एस वो ९००:२०१५ प्रमाणित टिभीहरू हुन् र यसमा ग्राहकहरूले तीन वर्षको वारेन्टीको पनि मज्जा लिन सक्छन्।

आईसिसि टि२० विश्वकप २०२४ को नजिकिँदै जाँदा, नेपाली फुटबल फ्यानहरूले सि. जी को क्युलेड नेपालको एक मात्र पहिलो गुगल सर्टिफाइड टिभी मार्फत खेलको मज्जा लिन सक्ने कम्पनीकाे भनाई छ । यो अभियान नेपालभर सीमित समयको लागि लागु हुनेछ।

यसपाली टि२० क्रिकेट विश्वकप २०२४ अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गतेबाट सुरु हुँदैछ । नेपाल सन २०१४ पछि दोस्रो पटक भाग लिदैछ। नेपाली क्रिकेट टिम केही समयदेखि क्रिकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आईरहेको छ । यसपाली नेपाली टिमले टि२० क्रिकेट वर्ल्ड कपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ।

Skip This
Skip This
Logo