यसरी निर्माण हुँदैछ अरुण तेस्रो जलविद्युत आयोजना [फाेटाेफिचर]

यसरी निर्माण हुँदैछ अरुण तेस्रो जलविद्युत आयोजना [फाेटाेफिचर]

केन्द्रबिन्दु
112
Shares

संखुवासभा । नेपालको सबैभन्दा ठूलो निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङकाे आज ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजना निर्माण भइरहेको ठाउँमा पुगेर ९०० मेगावाटको सो आयोजनाको मंगलबार ११.८३७ किलोमिटर लम्बाईकाे सुरुङको उद्घाटन हुन् । 

अरुण तेस्रो जलविद्युत परियोजनाको ७५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ । यस परियोजनाको मकालु गाउँपालिका ५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध निर्माण भइरहेको छ । उक्त बाँधबाट ११.८३ किलोमिटर लामो सुरुङ मार्गबाट पानी ल्याई चिचिला गाउँपालिका-३ स्थित पुखुवाको विद्युत गृहबाट विद्युत उत्पादन गरिनेछ ।

एक खर्ब चार अर्ब लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलव ९ प्रतिशत निःशुल्क विद्युत प्राप्त हुनेछ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्नेछ । आयोजनाबाट स्थानीय प्रभावितहरूले एक अर्ब ६० करोड रुपियाँको सेयर पाउनुका साथै प्रति महिना ३० युनिटसम्म विद्युत निःशुल्क प्राप्त गर्ने छन् ।

Logo