सुनको मूल्य तोलामा एक हजार आठ सयले बढ्यो

सुनको मूल्य तोलामा एक हजार आठ सयले बढ्यो

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य आज रु एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ।

त्यस्तै चाँदीको मूल्य आज एक हजार आठ सय ५० निर्धारण गरिएको छ। चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार आठ सय २५ रहेको थियो।

Skip This
Skip This
Logo