प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई हेयर एण्ड शान्तिमा विशेष छुट

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई हेयर एण्ड शान्तिमा विशेष छुट

केन्द्रबिन्दु
9
Shares

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडाैंकाे कमलादीस्थित हेयर एण्ड शान्तिमा साैन्दर्यसम्बन्धी सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंक लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक का तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पूजा थापाको समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले हेयर एण्ड शान्तिमा माथि उल्लेखित साैन्दर्यसम्बन्धी सेवा लिँदा (थ्रेड्रिङ्ग बाहेक) ग्राहकहरुलाई १० प्रतिशत र कर्मचारीहरुलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा विद्युतीय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने बताइएकाे छ ।

हेयर एण्ड शान्तिले दुई दशकदेखि निरन्तर विभिन्न स्थानमा (आउटलेटः काठमाडाैं भित्र ८ र पोखरा १, बिरगंज १, हेटौडा २ र नारायणघाट १ ) बाट साैन्दर्यसम्बन्धि सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Logo