यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसाका दरले कारोबार भइरहेको छ। यो शनिबारकै मूल्य हो। शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार भएको थियो।

यस्तै, शनिबारदेखि नै युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ। शुक्रबार युरोको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसामा कारोबार भएको थियो।

आज बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ३१ पैसा र बिक्री दर १७१ रुपैयाँ ०८ पैसा रहेको छ।

हिजो पाउण्डको खरिद दर १७० रुपैयाँ २१ पैसा र बिक्री दर १७० रुपैयाँ ९८ पैसा रहेको थियो।

यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ।

Logo