काठमाडौं । सामसुङ नेपालले ग्यालेक्सी एम ३५ नेपालमा सार्वजनिक गरेको छ। ग्यालेक्सी एम ३५, ५ जी मा विभिन्न विशेष सुविधाहरू र धेरै टिक्ने ब्याट्रीले गर्दा आफ्नो स्मार्टफोनबाट बढी चिजको चाहना राख्ने उपभोक्ताहरूको मागलाई पूरा गर्ने कम्पनीले जनाएको छ।
अल्टिमेड मोन्स्टर ब्याट्री लाइफ
ग्यालेक्सी एम ३५, ५ जी को प्रभावशाली ६००० एमएएच ब्याट्रीले एक्सटेन्डेड युजेज समय सुनिश्चित गर्ने भएकोले यो पावर प्रयोगकर्ता र फोन चलाउँदै हिँड्नेहरूका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। स्मार्टफोनले २५ डब्लू फास्ट चार्जिङ सपोर्ट गर्ने र फास्ट पावर–अपहरूको लागि यो निःशुल्क २५ डब्लू चार्जर साथमा आउँने बताइएको छ।
मोन्स्टर–लेबल पफर्मेन्स
ग्यालेक्सी एम ३५ पावरफुल एक्सन्योस १३८० प्रोसेसरबाट संचालित रहेको र यसमा ८ जीबी र्यामका साथै २५६ जीबी आन्तरिक स्टोरेजको माइक्रोएसडी स्लट मार्फत विस्तार गर्न सकिन्छ। वान युआइ ६.१सँग नवीनतम एन्ड्रोइड १४ मा चल्ने ग्यालेक्सी एम ३५ले सहज र प्रभावकारी प्रयोगकर्ता अनुभवको ग्यारेन्टी दिने बताइएको छ। सामसङले चार वर्षको ओएस अपडेट र पाँच वर्षको सेक्युरिटी प्याच दिने बाचा गर्छ, जसले गर्दा यो मोबाइल अप–टू–डेट र सुरक्षित रहने बताइएको छ।
सुपिरिएर मोन्स्टर क्यामरा
ग्यालेक्सी एम ३५ को भर्सटायल क्यामरा सेटअपको साथ जीवनका क्षणहरू खिच्न कम्पनीले आग्रह गरेको छ। यो डिभाइसमा ओआइएस् ८ एमपी अल्ट्रा–वाइड क्यामरा र २ एमपी म्याक्रो क्यामराको साथ ५० एमपी मुख्य क्यामरा रहेका छन्। भिडियो खिच्न रुचाउनेले ३० एफपीएसमा फोर के रेकर्डिङ र ७२० पी मा २४० एफपीएसमा स्लो मोसन क्षमताहरूको मजा लिनसक्ने बताइएको छ। यसको १३ एमपी फ्रन्ट–फेसिङ क्यामेराका साथ प्रयोगकर्ताले शानदार सेल्फीहरू र भिडियो कलहरूको आनन्द लिनसक्ने कम्पनीको दाबी छ।
इमर्सिभ मोन्स्टर साउण्ड
ग्यालेक्सी एम ३५, एम ३५ एक्स सिरिजको पहिलो हो, जसले डल्बी एटमोस सपोर्ट गर्दै स्टेरियो स्पिकरहरू प्रदान गर्दछ, यसले उत्कृष्ट र इमर्सिभ अडियो अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ।
उत्कृष्ट मोन्स्टर डिस्प्ले
६.६” एफएचडी प्लस १२० हर्जको सुपर एम्बलोड डिस्पलेसहित ग्यालेक्सी एम ३५ले जीवन्त दृश्यहरू प्रदान गर्ने बताइएको छ। भिजन बूस्टरको साथ १ हजार निट्सको पीक ब्राइटनेससँग प्रयोगकर्ताले सूर्यको उज्यालो प्रकाशमापनि स्पष्ट र जीवन्त कन्टेन्टको आनन्द लिन सकिने बताइएको छ।
मूल्य र उपलब्धता
ग्यालेक्सी एम ३५ ५ जी गाढा निलो, खैरो र हल्का निलो तीन मनमोहक रंगहरूमा उपलब्ध छ । ८ प्लस २५६ जीबील भेरियन्टको मूल्य ४४,९९९ निर्धारण गरिएको र यो डिभाइस अब देशव्यापी रूपमा सबै सामसङको अधिकृत आउटलेटहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। साथै, इन्स्टा फाइनान्स सेवामार्फत सजिलैसँग यो फोन प्राप्त गर्न सकिने र जुन देशभरका ५०० भन्दा बढी अधिकृत सामसङ रिटेल स्टोरहरूमा उपलब्ध रहेको बताइएको छ। यो सेवाले सहज प्रकियामै शून्य प्रतिशत ब्याजमा झन्झटरहित ईएमआई सेवाहरू प्रदन गर्दछ, जसले गर्दा एक घण्टाभित्र नागरिकताको साथमा नयाँ ग्यालेक्सी एम ३५ ५ जी छन् प्राप्त गर्न सकिने बताइएको। प्रयोगकर्ताहरूले अर्को स्टोर र सबकोफोनद्वारा उपलब्ध गराएको एक्सचेन्ज सुविधा मार्फत आफ्ना पुराना फोनहरू साटरे यो डिभाइस पनि लिन सक्नेपनि कम्पनीले जनाएको छ।





























प्रतिक्रिया