काठमाडौं । ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ इलेक्ट्रिक स्कुटरमा स्पेसल स्क्र्याच स्किम लागू गरेको छ।
बज्र ग्रुपअन्तर्गतको अटोमोबाइल डिभिजन ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ इलेक्ट्रिक स्कुटरमा स्पेसल स्क्र्याच स्किम लागू गरेको हो।
कुनैपनि ग्राहकले लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा १ लाखसम्म हात खाली नजाने डिस्काउन्ट पाउने र जसको लागि ग्राहक शोरुममा गएर टेस्ट राइड गर्नुपर्ने कम्पनीले जनाएको छ। स्कुटर नेपालभरको मुख्य मुख्य सहरमा उपलब्ध रहेको छ।
लेभ्निङ स्कुटर १२ फरक मोडेलमा उपलब्ध छ, जसअन्तर्गत कलेजका विद्यार्थीदेखि कार्यालय प्रमुख र कृषक तथा अपांग सबैलाई हुने खालको प्रोडक्ट उपलब्ध भएको कम्पनीको भनाइ छ।
लेभ्निङ इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख १५ हजारदेखि सुरु हुन्छ। स्कुटर किन्दा फाइनान्स र एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको कम्पनीको दाबी छ।
कम्पनीले नेपालभर डेलिभरीको व्यवस्थासँगै सर्भिस र पार्ट्सपनि सजिलै उपलब्ध गराएको छ। काठमाडौं उपत्यकाको नक्साल भैसेपाटी, गाबहाल, पेप्सीकोला, बनेपा तथा उपत्यका वाहिर चितवन, बिर्तामोड, जनकपुर लगायतका मुख्य सहरबाट इलेक्ट्रिक स्कुटर बिक्री भइरहेको कम्पनीका एजीएम एन के शरदले जानकारी दिए।
नेपाली बजारमा विगत ३१ वर्षदेखि कार्यरत व्यापारिक घराना बज्र ग्रुपले विभिन्न क्षेत्रमा व्यापार गर्दै आइरहेको छ, जसमा स्यानिटरी आइटम, बाथरुम फिटिङ, अपार्टमेन्ट, मास्क, अटोमोबाइल आदि रहेका छन्।
यदि कसैलाई स्कुटर चाहिएमा ९८०२३०८५१२ वा ९८०१००२९८७ मा कल गर्न सकिने कम्पनीको भनाइ छ।





























प्रतिक्रिया