प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दै सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेश–५ की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरद्वारा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण भरतपुर जिल्ला विभिन्न प्राकृतिक छटाले भरिपुर्ण रमणिय पर्यटकिय स्थल का रुपमा चिनिन्छ । सौराहा, मेघौली ,कसरा,देबघाटधाम जस्ता रमणिय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ ।
विभिन्न देश तथा बिदेश बाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाईन्छ । विश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, विभिन्न प्रजातीका चराचुरुङ्गि, मृग जस्ता जङ्गली जनावरहरु एवंम वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकन का निम्ति जिपसफारी, हात्ति सफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनिहरुको सांस्कृतिक,पुरातात्विक एवंम मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्र हो ।
सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँक लि.का कर्मचारीहरुका लागि आवासमा ८ प्रतिशत देखी १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशत देखी १५ प्रतिशतसम्मका छुट प्राप्त गर्न सकिने छ ।
बैंकका अनुसार होटल आइकावा इन, सपना भिलेज लज, सिद्धार्थ भिल्लाज बनवास, होटल वाइल्ड लाइफ क्याम्प, पार्क सफारी रिसोर्ट, चौतारी गार्डेन रिसोर्ट, राइनो लज एण्ड होटल, होटल रोयल सफारी, द पार्क सेन्चुरी होटल, ट्राभलर्स जंगल क्याम्प, होटल मिराज, ओपन सेकुवा कर्नर, रिभर भ्यू जंगल क्याम्प, हिमालयन इन, जंगल सफारी लज, रोयल टाइगर लक्जरी होटल लगायतका होटलमा छुट पाइने छ।































प्रतिक्रिया