आज कति पुग्यो सुनचाँदीको मूल्य ?

आज कति पुग्यो सुनचाँदीको मूल्य ?

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३०० मा कारोबार भइरहेको छ।

यस अघि आइतबार पनि सुन प्रतितोला १ लाख ४१ हजारमा नै कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्यपनि स्थिर रहेको छ। महासंघले आज चाँदीको मूल्य स्थिर रहँदै तोलामा १,८२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

Logo