यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तिय अवस्था

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तिय अवस्था

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्म तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको मासिक तथ्याङक सार्वजनिक गरेको छ ।

उक्त तथ्याङकले १० महिनासम्मा आयात २.४ प्रतिशत, निर्यात ३.६ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले घटेको हो । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १७.१ प्रतिशतले बढेको बैंकको तथ्याङकले देखाएको छ ।

यस्ते छ १० महिनासम्मकाे देशको आर्थिक अवस्था

–वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ ।
–आयात २.४ प्रतिशत, निर्यात ३.६ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले घटेकोछ ।
– विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १७.१ प्रतिशतले बढेको छ ।
–शोधनान्तर स्थिति ३९२ अर्ब ६४ करोड रुपैयाँले ले बचतमा रहेको छ ।
–कुल विदेशी विनिमय सञ्चिति१९४२ अर्ब ४० करोड रुपैयाँ र अमेरिकी डलरमा १४ अर्ब ५४ करोड रहेको छ ।
–नेपाल सरकारको खर्च १०५६ अर्ब ८९ करोड र राजस्व परिचालन ८३१ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।
– विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.४ प्रतिशतले बढेको छ ।
– बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.८ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको छ ।
–वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.२ प्रतिशत रहेको छ ।

Logo