१० महिनासम्म सरकारले गर्‍यो १० खर्ब बढी खर्च, प्रदेशले कति ?

१० महिनासम्म सरकारले गर्‍यो १० खर्ब बढी खर्च, प्रदेशले कति ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सरकार आर्थिक वर्ष २०८०/८१ को दश महिनासम्ममा १० खर्ब ५६ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ । खर्च गत आर्थिक वर्षको पहिलो दशमहिनाको तुलनमा १५.३ प्रतिशतले वृद्घि भएकोमा समीक्षा अवधिसमम्ममा ०.९ प्रतिशतले मात्र वृद्धि भएको हो ।

समीक्षा अवधिमा चालु खर्च ७ खर्ब ५२ अर्ब ५६ करोड, पँुजीगत खर्च १ खर्ब ११ अर्ब ८८ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब ९२ अर्ब ४५ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ८ खर्ब ३१ अर्ब ९३ करोड रुपैयाँ भएको छ । गत आर्थिक वर्षको पहिलो दश महिनामा १२.६ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा १०.० प्रतिशतले बढेको छ ।

यसअन्तर्गत कर राजस्व ७ खर्ब ४६ अर्ब ८३ करोड र गैर कर राजस्व ८५ अर्ब १० करोड रुपैयाँ परिचालन भएको छ । सरकारका विभिन्न खातामा २ खर्ब ७९ अर्ब ७४ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च ९८ अर्ब ३४ करोड र स्रोत परिचालन १ खर्ब ५० अर्ब ६७ करोड रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी १ खर्ब १३ अर्ब १३ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

Logo