लक्ष्मी सनराइज बैंकले मनायो विश्व वातावरण दिवस, ६ हजार वृक्षारोपण

लक्ष्मी सनराइज बैंकले मनायो विश्व वातावरण दिवस, ६ हजार वृक्षारोपण

केन्द्रबिन्दु
98
Shares

लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट फाइभके’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ ।

सो पहलमार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको “Our Land, Our Future. We are #GenerationRestoration” भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५,००० रुख रोप्ने लक्ष्य राखेको थियो । साेहीअनुसार १ देखी ८ जुनसम्म विभिन्न शाखामार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगको सहकार्यमा देशभर करिब ६,००० रूखहरू राेपेकाे छ । विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा विरुवा रोपिएको बैंकले जनाएको छ ।

प्रोजेक्ट फाइभकेसँगै बैंकले सोही दिवसमा आफ्नो एभोइडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो ।

Logo