सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आजपनि स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो। त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Logo