नेपाल र श्रीलंकाको खेलअघि डिशहोम फाइबरनेटको २४ घण्टे नयाँ अफर

नेपाल र श्रीलंकाको खेलअघि डिशहोम फाइबरनेटको २४ घण्टे नयाँ अफर

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । जारी आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत भोलि बुधबार बिहान ५:१५ बजे श्रीलंकासँग आफ्नो दोस्रो खेल खेल्दै छ।

यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ।

डिशहोमले आज दिउँसो १ बजे ‘आयो गोर्खाली मैदानमा’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को ६ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो। यो अफर आज दिउसो १ बजे (जेष्ठ २९ गते) देखि भोलि दिउँसो १ बजे (जेष्ठ ३०)सम्मका लागि मात्र लागू रहेको डिशहोम फाइबरनेटले जनाएको छ।

यो अफर कुनैपनि डिशहोम फाइबरनेटको प्याकेज २४ महिनाको लागि रिचार्ज गर्ने ग्राहकले थप ६ महिनाको सेवा निःशुल्क प्राप्त गर्नेछन् र कुल ३० महिनाको सिमलेस कनेक्टिभिटी प्रदान गर्नेछन्। रिचार्ज गर्नको लागि आफू नजिकै रहेको डिशहोमको डिलर कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्ने बताइएको छ। साथै, अनलाइन पेमेन्ट वालेटमार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

यो विशेष २४ घण्टा अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च-स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

Logo