सेयर बजारमा हरियाली, कारोबार साढे ५ अर्ब नाघ्यो

सेयर बजारमा हरियाली, कारोबार साढे ५ अर्ब नाघ्यो

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरिायली छ । सेयर सूचकमा दोहोरो अंकको बढोत्तरी छ भने कारोबार रकम उल्लेख्य बढेको छ ।

सबै उपसमूहमा सेयरमूल्य बढ्दा सूचक ३३.१५ अंकले बढ्दै २११५.२४ विन्दुमा पुगेको छ । १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँमा किनबेच भएको छ ।

सोमबार नेप्से ८.९० अंकले बढ्दै २०८२.०९ विन्दुमा रहँदा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँमा किनबेच भएको थियो । यसअघि आइतबार ४.५९ अंक झिनो गिरावटमा नेप्से २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर ५ अर्ब १८ करोड ९० लाख रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबार जलविद्युत २.५८, जीवन बीमा २.४०, निर्जीवन बीमा २.१९, जलविद्युत २.५८ र व्यापार उपसमूह २.१२ प्रतिशतले बढेका छन् । २०३ कम्पनीको सेयरमूल्य बढ्दा वरुण हाइड्रोपावर, ग्रीन भेञ्चर्स, कुथेली बुखारी साना जलविद्युत र भगवती हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक फाइदामा रहे । चारै कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ ।

माथिल्लो हेवाखोला हाइड्रोपावर र एनआरएन इन्फ्रस्ट्रक्चरको सेयर पनि उल्लेख्य बढेको छ । सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर साताको तेस्रो दिन पनि पहिलो नम्बरमा छ । उक्त कम्पनीको सेयर ३६ करोड ३० लाख रुपैयाँको किनबेच भएको छ । यस्तै माउन्टेन इनर्जीको २३ करोड १७ लाख, ग्लोबल आइएमई लघुवित्तको १० करोड ८२ लाख, जानकी फाइनान्सको १० करोड ६१ लाख र गोर्खाज फाइनान्सको ९ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।
४१ कम्पनीको सेयरमूल्य घट्दा सामलिङ पावर कम्पनीका लगानीकर्ता ५.८१ प्रतिशत नोक्सानमा रहे । दुई कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो ।

Logo