जीहोकाे ५ दिने ‘एक्सचेन्ज एन्ड अपग्रेड’ क्याम्पमा विशेष छुट र सुविधा

जीहोकाे ५ दिने ‘एक्सचेन्ज एन्ड अपग्रेड’ क्याम्पमा विशेष छुट र सुविधा

केन्द्रबिन्दु
70
Shares

सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरको ५ दिने एक्सचेन्ज क्याम्प सुरु भएको छ ।

यही ३२ जेठसम्म चल्ने ‘एक्सचेन्ज एन्ड अपग्रेड’ नामक एक्सचेन्ज क्याम्पमा कम्पनीले एई६ प्लस र एई६ प्लस एलआर स्कुटरलाई विशेष प्राथमिकतामा राखेको छ । क्याम्प अवधिभर जीहोका यी मोडल एक्सचेन्जमा बजार मूल्यांकनमा २० हजार रुपैयाँ थप मूल्यांकन हुनेछ भने नयाँ खरिदमा १५ हजार रुपैयाँ सिधै छुट पाइने छ । यसका साथै २ वर्षको निःशुल्क कर तथा थर्ड पार्टी इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

साथै जीहोका स्कुटर आकर्षक डिजाइन, टफ बिल्ट क्वालिटी, एड्भान्स प्रविधि र हाई पर्फमेन्ससहितका विशेषता उपलब्ध छन्। कम्पनीले नक्साल, सल्लाघारी तथा झम्सिखेलस्थित शोरुमबाट यो सेवा ग्राहकहरुलाई उपलब्ध गराउँदै छ।

जीहो एई६ प्लसमा ५.५ किलोवाटको पिक पावरको साइड मोटर दिइएको छ, जसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ । यसमा १.८ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ, जसको अधिकतम रेन्ज ७० देखि ९० किलोमिटर रहेको छ । एई६ प्लस एलआर (डबल ब्याट्री) मा ३.६ किलोवाट आवरको दुई वटा ब्याट्री पाइन्छ, जसको अधिकतम रेन्ज १६० किलोमिटर रहेको छ ।

Logo