नेपाली बजारमा कामा ईभी पिकअपको खुल्यो बुकिङ, यस्ताे छ मूल्य

नेपाली बजारमा कामा ईभी पिकअपको खुल्यो बुकिङ, यस्ताे छ मूल्य

केन्द्रबिन्दु
112
Shares

नेपाली बजारमा भित्रँदै गरेको चाइनिज कम्पनी शानडोङ कामा अटोमोबाइल्स म्यानुफ्याक्चरिङ कम्पनीद्वारा उत्पादित कामा ईभी पिकअपको बुकिङ खुला गरिएको छ ।

मेगा मोटर्सले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो ।

नेपालमा २५ लाख ९० हजार रुपैयाँ मूल्य पर्ने अनुमान गरिएको कामा ईभी सहरी क्षेत्रमा सामान ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न एकदमै उपयुक्त हुने दाबी गरिएको छ । यसमा ७० किलोवाटको मोटर र १९० एमएम ग्राउन्ड क्ल्यिरेन्स रहेको छ । यसले करिव २७० किलोमिटरको रेन्ज दिने बताइएको छ । ब्याट्रीमा ५ वर्ष वा १ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Logo