विद्युत प्राधिकरणलाई लाग्यो चुनाव, आज देशभरका महशुल काउन्टर बन्द

विद्युत प्राधिकरणलाई लाग्यो चुनाव, आज देशभरका महशुल काउन्टर बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विद्युत प्राधिकरण ट्रेड युनियन चुनावका लागि भन्दै विद्युत प्राधिकरणका कर्मचारीले बिहीबार देशभरी नै आय संकलन काउन्टर बन्द गरेका छन् ।

महसुल तिर्ने काउन्टर बन्द हुँदा सेवाग्राही भने मर्कामा परेका छन् । आधिकारिक ट्रेड युनियनको चुनावका कारण बिहीबार देशभरको कुनै पनि काउन्टरबाट विद्युत् महसुल तिर्न नसकिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तर अनलाइनबाट भने भुक्तानी गर्न सकिने छ ।

चुनावमा नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघबीच प्रतिष्पर्धा हुँदैछ ।

Skip This
Skip This
Logo