एनआइसी एसिया बैंकको क्यास ब्याक तथा डिस्काउन्ट

एनआइसी एसिया बैंकको क्यास ब्याक तथा डिस्काउन्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

एनआइसी एसिया बैंक लिमिटेडले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा डिजिटल पेमेन्टहरुमा क्यास ब्याक तथा डिस्काउन्ट अफरसहितको योजना सार्वजनिक गरेको छ ।

उक्त योजनामा बैंकका ग्राहकले एनआइसीको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मो बैंक मार्फत भुक्तानी गर्दा १० प्रतिशत तथा उच्चतम एक हजारसम्म क्यास ब्याक तथा डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

उक्त योजना अन्तर्गत दराज अनलाइनमा कार्डबाट भुक्तानी गर्दा, खल्तीमा अनलाइन कार्डबाट भुक्तानी गर्दा कुनै पनि कारोबारको अनलाइन पेमेन्टबाट भुक्तानी गर्दा र बैंकको क्युआर पेमेन्ट सिस्टमबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत वा उच्चतम एक हजारसम्म क्यास ब्याक पाउन सकिने बैंकले जनाएको छ ।

Logo