निसानको म्यागनाइट एसयुभीमा ४ वर्षसम्म निःशुल्क इन्धनसहित विशेष छुटकाे अफर

निसानको म्यागनाइट एसयुभीमा ४ वर्षसम्म निःशुल्क इन्धनसहित विशेष छुटकाे अफर

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । निसानको लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘बिग, बोल्ड, ब्युटिफुल र कारिस्माटिक’ एसयुभी निसान म्यागनाइटमा नयाँ योजना ल्याएकाे छ ।

यस योजनाअन्तर्गत ग्राहकले निसान म्याग्नाइट गाडीको चार वर्षसम्म नि:शुल्क इन्धन ‘फ्रि फ्युल’ सहित अन्य विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै, चार वर्षको लागि ‘फ्रि रनिङ कस्ट’ सहित महत्त्वपूर्ण बचतको मजा लिन सक्नेछन् । ब्रान्डले यस अफर मार्फत चालू आर्थिक वर्षको लागि निःशुल्क सडक करको व्यवस्था पनि उपलब्ध गरेको कम्पनीकाे भनाई छ ।

साे अवसरमा पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले भने, “निसान म्याग्नाइट एसयुभी उत्कृष्ट पर्फमेन्स सहित, कम्फर्ट (आरामदायी) र स्टाइल (आधुनिक शैली) प्रदान गर्न डिजाइन गरिएको एसयुभि हो, जसले गर्दा यो नेपाली सडक तथा नेपाली गाडी खरिदकर्ताहरूका लागि प्रथम र उत्तम रोजाई बनेको छ । हामी हाम्रा नयाँ ग्राहकहरूलाई विभिन्न लाभ तथा फाइदाहरू सहित यो नयाँ योजना प्रस्तुत गर्न पाउँदा उत्साहित छौँ । यस्तै लाभदायक योजनाहरूबाट नयाँ प्रविधिलाई हाम्रो बढ्दो ग्राहकसामु पहुँचयोग्य बनाउनु यस योजनाको उद्देश्य हो ।”

निसान म्याग्नाइट नेपाली एसयूभी बजारमा उत्कृष्ट विकल्प रहँदै आएको छ भने यसको ‘रिसेल भ्यालु’ पनि राम्रो रहेको छ । गत सेप्टेम्बरमा सार्वजनिक गरिएको यसको एएमटि (अटोमेटेड म्यानुअल ट्रान्समिसन) मोडलको साथ, निसान नेपालले नेपाली सडकका लागि उच्च-स्तरीय गाडी प्रस्तुत गर्ने ब्रान्डको रूपमा स्थापित गरेको छ ।

यस योजनामा केही नियम र सर्तहरू लागू हुनेछन् र सीमित अवधी (स्टक रहेसम्म) सम्म ग्राहकहरूले यसको लाभ लिन सक्नेछन् । यो नयाँ एसयुभी खरिद गर्न चाहनेहरूका लागि आकर्षक अवसर रहेकाे कम्पनीकाे भनाई छ ।

Logo