काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनासम्ममा विभिन्न देशबाट ११ हजार ४ सय ३८ वटा ईभी सवारी भित्रिएका छन् । भन्सार विभागले जेठसम्मको सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा २८ अर्बभन्दा बढी मूल्यको उक्त गाडी भित्रिएका हुन् ।
नेपालमा ईभीको आयात महिनैपिच्छे बढ्दै गर्दा यसको प्रयोगकर्ताको संख्या पनि दिन दिनै उच्च रहेको पाइन्छ । विभागका अनुसार ५० किलोवाट क्षमताका ईभी गाडी चीनबाट १२ सय ९२ वटा गाडि भित्रिएका छन् । २ अर्ब ९८ करोड २५ लाख २२ हजार रुपैयाँ बराबरको उक्त गाडी आयात हुँदा सरकारले ८० करोड २७ लाख ६१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
यस्तै, भारतबाट सही क्षमताका ५ अर्ब १८ करोड ९० लाख ३९ हजार रुपैयाँ मूल्यको २९ सय २ वटा गाडी नेपाल आएको पनि विभागले बताएको छ । इन्डोनेसियाबाट १५० वटा गाडी ५० किलोवाट क्षमताकै २९ करोडभन्दा बढी मूल्य बराबरको भित्रिएकाे विभागको तथ्यांकले देखाएको छ । यसैगरी ५१ देखि १०० किलोवाटसम्मका ईभी गाडी चीनबाट ६ हजार ५५०, भारतबाट ३३३, कोरियाबाट २ वटा नेपाल आएका छन् ।
विभागका अनुसार १०१ किलोवाटदेखि २०० सम्मका ईभी गाडी चीनबाट ६८, जर्मनबाट १९, भारतबाट ४२, कोरियाबाट ८० वटा आयात भएका छन् । २८ अर्ब ७९ करोड १७ लाख २३ हजार रुपैयाँ बराबरको गाडी आयात हुँदा सरकारले १२ अर्ब ७६ करोड ३७ हजार ९३ रुपैयाँ राजश्व संकलन गरेको विभागले जानकारी दिएकाे छ ।





























प्रतिक्रिया