‘नाडा अटो शो २०२४’ मा कुन-कुन ब्राण्डका गाडी देखिँदैछन् ?

‘नाडा अटो शो २०२४’ मा कुन-कुन ब्राण्डका गाडी देखिँदैछन् ?

केन्द्रबिन्दु
42
Shares

नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालको आयोजनामा आगामी भदौ ११ देखी १७ गतेसम्म ‘नाडा अटो शो २०२४’ हुँदैछ । उक्त शोमा इलेक्ट्रिक भेइकल (ईभी)को दबदबा देखिने पक्कापक्का भइसकेको छ । शोमा इलेक्ट्रिक कार र भ्यानसहित ३ दर्जन ब्राण्डले सहभागिता जनाउन लागेको हुन् ।

उक्त शोमा सबैभन्दा बढी सिजी मोटर्सले ८ वटा ब्राण्डलाई शोकेस गर्ने भएको छ । सिजी मोटर्सले नेटा, आयोन वाई, एक्सपेङ, अवतार, राडार, केवाईसी र किङलङ ब्राण्डका इलेक्ट्रिक गाडी तथा हिरो ब्राण्डको मोटरसाकललाई शोकेस गर्न लागेको हो ।

त्यस्तै, एमएडब्लु ग्रुपले दिपल, सेरेस, र फोटोन ब्राण्डका गाडी शोकेस गर्ने भएको छ । यसैगरी यो ग्रुपले पहिलोपटक नामी र सोकोन ब्राण्डलाई मेलास्थलबाटै औपचारिक लन्च गर्ने तयारी गरेको छ । यस ग्रुपले यामाहा मोटरसाइकललाई समेत प्रदर्शनीमा राख्नेछ ।

शारडा ग्रुपले ओमोडा र जीकर ब्राण्डका इलेक्ट्रिक कारलाई शोकेस गर्ने भएको छ । साथै सांग्रिला मोटर्स सिट्रोन र लिप मोटर्सका ईभी तथा लक्ष्मी ग्रुप हुन्डाई ब्राण्डका ईभी तथा कम्वसन गाडी र नयाँ ब्राण्ड काईलाई लिएर सहभागी हुँदैछ ।

उक्त शोमा सिप्रदीले टाटा ब्राण्डका ईभी तथा कम्वसन गाडी, पारामाउन्ट मोटर्सले एमजी र बुलिङ, कन्टिनेन्टल ट्रेडिङले किया ब्राण्डका ईभी तथा कम्वसन गाडी, साइमेक्स ईकंले बीवाइडी,जी मोटर्सले स्काइवेल र एस क्यूप इन्टरप्राइजेजले हेनरी एवं भोल्ट्स ब्राण्डका ईभीलाई शोकेस गर्नेछन् । साथै इलेक्ट्रिक भ्यान तथा माइक्रोवस अन्तर्गत फोटोन, केवाईसी, किङलङ, एसआरएम, गोनाओ, स्काईवर्थ, डोङफेङ, सिएचटिसी, कामा, बिएडब्लु, डिएफएसके र वुलिङ ब्राण्ड सहभागाी हुने बताइएको छ ।

काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन भइसकेकाे छ । प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समूह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

Logo