‘पुरानो जुत्तामा नयाँ साट्ने’ मेला सुरु

‘पुरानो जुत्तामा नयाँ साट्ने’ मेला सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

ग्राहक लक्षित ‘पुरानो जुत्तामा नयाँ साट्ने’ एक्सचेन्ज मेला राजधानीको पद्मोदय मोडमा सुरु भएको छ । आकर्षक अफर दिँदै पुरानो जुत्ताको ५ सय कायम गरी थप २५ प्रतिशतसम्म छुटका साथ भइरहेको मेलामा मुलुकभरका विभिन्न ब्रान्ड भेनस, केटीएम, प्यारागन, फुटस्टेप, बोस, जाल्पा फुटवेयर, राइट सुज लगायतका ब्रान्डका नयाँनयाँ डिजाइनका जुत्ता चप्पल यस मेलामा प्रदर्शनीमा राखिएको छ ।

यस मेलामा २५० भन्दा बढी नयाँ डिजाइनसँगै अन्य १ हजारभन्दा बढी डिजाइनका जुत्ताचप्पल ग्राहकले एउटै छानामुनी छानीछानी साट्न पाउनेछन् भने कम्पनीहरूले हरेक ब्रान्डका जुत्तामा कम्तीमा ६ महिनाको वारेन्टीसमेत दिएका छन् ।

‘यस एक्सचेन्ज मेलामा’ जुनसुकै ब्रान्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनेछ । प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैयाँ मल्यांकन गरी त्यसमा थप २५ प्रतिशत छुटका साथ नयाँ जुत्ता दिइने आयोजक तथा भेनस सुजका प्रबन्ध निर्देशक जीवन श्रेष्ठले जानकारी दिए ।

Logo