सोकोन ईसी ३६ भोलि सार्वजनिक हुने

सोकोन ईसी ३६ भोलि सार्वजनिक हुने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । इलेक्ट्रिक भ्यान सोकोन ईसी ३६ भोलि सार्वजनिक हुने भएको छ।

एमएडब्लु वृद्धि अटोकर्पले नेपाली बजारमा ल्याएको सोकोन ब्रान्डको सो इलेक्ट्रिक भ्यान भोलि सार्वजनिक हुने भएको हो।

सो ग्रुपले हाल नेपाली बजारमा यामाहा, जेसीबी, स्कोडा, जिप, आइसर, चांगान, दिपाल, सेरेस, फोटोनलगायतका विभिन्न ब्रान्ड बिक्री–वितरण गरिरहेको र नेपालभर ३५० भन्दाबढी टच प्वाइन्ट रहेका छन् ।

सेरेस ग्रुपलाई विश्वव्यापी रुपमा चोङकिङ सोकोन इन्डष्ट्रियल ग्रुपको रुपमा चिनिन्छ र यो डोङफेङ र सेरेस ग्रुपको सहकार्यमा सन् १९८६ मा स्थापना भएको हो। सेरेस ग्रुप कमर्सियल भेइकलका लागि ईयू सर्टिफिकेसन प्राप्त गर्ने पहिलो चाइनिज अटोमोटिभ ब्रान्ड समेत रहेको बताइएको छ।

ग्रुपले स्मार्ट इलेक्ट्रिक भेइकल, सुपर अर्बन एसयूभी, कम्प्याक्ट एमपीभी, इलेक्ट्रिक लाइट कमर्सियल भेइकल जस्ता सवारी साधनमा विशेषज्ञता हासिल गरेको बताइएको छ। विश्वका ७० भन् बढी देश र क्षेत्रमा यी सवारी साधन बिक्री हुने कम्पनीको दाबी छ।

Skip This
Skip This
Logo