नेपालमा सेरेस ३ को अपग्रेडेड भर्सन सार्वजनिक

नेपालमा सेरेस ३ को अपग्रेडेड भर्सन सार्वजनिक

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपालमा सेरेस ३ को अपग्रेडेड भर्सन सार्वजनिक भएको छ।

नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ३ को अपग्रेडेड भर्सन सार्वजनिक गरेको हो।

कम्फर्ट र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध हुने सेरेस थ्रीको मूल्य नेपाली बजारमा ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको हो।

सरकारले बजेटमा केही कर वृद्धि गरेको भएपनि एमएडब्लु वृद्धिले अपग्रेडेड भर्सनलाई पनि पहिलेकै मूल्यमा उपलब्ध गराएको जनाएको छ। नयाँ सेरेस थ्रीको फ्रन्ट फेसियामा परिमार्जन गरिएको छ भने एलईडी डीआरएल र सेरेसको ब्याच उपलब्ध गराएको कम्पनीले दाबी गरेको छ।

गाडी सार्वजनिक कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली बजारमा पहिलेदेखि नै तीन सयभन्दा बढी सेरेस गाडी गुडिरहेका बताउँदै नेपाली ग्राहकलाई बिक्री र बिक्रीपछिको सेवा उपलब्ध गराउने कुरामा कम्पनी प्रतिबद्ध रहेको बताएका छन्।

सेरेस ३ विद्युतीय सवारी साधनमा मात्र सीमित नभई लक्जरी, पावर र अन–रोड तथा अफ–रोड दुवै सडकमा आफ्नो क्षमताको प्रतिनिधित्व गर्नुका साथै ९९ किलोवाटको मोटर पिक पावर र ५२.७ किलोवाट आवरको ब्याट्रीसँग यसले ४०५ किमी (एनईडीसी)को उल्लेखनीय रेन्ज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ।

आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस ३ ले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम प्रदान गर्ने बताइएको छ। चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, एचडी गुणस्तरको ३६० डिग्री क्यामेरा, ड्यासक्याम, र एन्ड्रोइड अटो तथा एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएसले यसलाई थप प्रविधियुक्त गाडी बनाउने कम्पनीले जनाएको हो।

१८ इन्च टायर साइज र १९० एमएमको ग्राउन्ड क्लियेरेन्सले स्थिरताको सुनिश्चित गर्दछ। गाडीले भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि ३ वटा स्टेयरिङ मोड प्रदान गरेको छ। साथसाथै इमर्जेन्सी अवस्थाको लागि अतिरिक्त टायरको पनि व्यवस्था गरेको छ।

१०.२५ इन्चको जडान गरिएको इन्फोटेनमेन्ट स्क्रिन र ड्राइभर इन्फोटेनंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्ताहरुलाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्दछ।

यसको अफरोड क्षमताका कारण यो समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाईमा रहेको कोरला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयूभी बनेको कम्पनीको दाबी रहेको छ। यसबाट सेरेस ३ नेपालको चुनौतीपूर्ण भू-बनोटका लागि सुहाउँदो छ भन्ने पुष्टि भएको कम्पनीको भनाइ छ।

Logo