आयल निगमद्वारा इन्धनकाे मूल्यवृद्धि, के मा कति बढ्यो ?

आयल निगमद्वारा इन्धनकाे मूल्यवृद्धि, के मा कति बढ्यो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ र पेट्रोलमा एक रुपैयाँले मूल्य बढेको हाे ।

भारतीय आयल कर्पोरेशनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले मूल्य बढाउनु परेको आयल निगले जनाएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ । हवाई इन्धन र ग्यासकाे मूल्य भने यथावत छ ।

Logo