सान्जेन र रसुवागढीको आईपिओ भर्ने म्याद आज सकिंदै

सान्जेन र रसुवागढीको आईपिओ भर्ने म्याद आज सकिंदै

केन्द्रबिन्दु
0
Shares

सान्जेन जलबिद्युत कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनीको आईपिओ भर्ने म्याद आज सकिंदै छ। दुवै कम्पनीले बैशाख ६ देखि शेयर निष्काशन गरेका थिए ।

रसुवागढी हाइड्रोले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गरेको थियो  । आवेदन दिंदा प्रति कित्ता एक सय रुपियाँको दरले न्युनतम ५० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । यसमा आयोजना प्रभावित बासिन्दाहरुले र यस अघि कम्पनीका शेयर खरिद गरिसकेकाले आवेदन दिन पाउने छैनन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल सहायक बिक्रि प्रबन्धक रहेका छन्  ।

रसुवागढी हाइड्रोको आइपीओमा तेस्रो दिन बेलुका ५ बजेसम्ममा १ लाख ५८ हजार ७ सय २५ आवेदकबाट ९९ लाख  ६ हजार ४ सय ५० कित्ताको लागि आबेदन परेको छ। कम्पनीले रसुवामा १ सय ११ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

त्यस्तै गरि सान्जेंनले ५४ करोड ७५ लाख बराबरको ७४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ५ प्रतिशत अर्थात् २ लाख ७३ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि र ४ प्रतिशत अर्थात् २ लाख १९ हजार कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ४९ लाख ८२ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

न्युनतम ५० कित्ता र अधिकतम २ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । यसमा आयोजना प्रभावित बासिन्दाहरुले र यस अघि कम्पनीका शेयर खरिद गरिसकेकाले आवेदन दिन पाउने छैनन् । शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ भने एनएमबि क्यापिटल र  सनराइज क्यापिटल सहायक बिक्रि प्रबन्धक रहेका छन्  ।

आइपीओ निष्काशनको तेस्रो दिन बेलुका ५ बजेसम्ममा सान्जेन जलबिद्युतको आइपीओमा १ लाख ५८ हजार ५ सय ७३ आवेदकबाट ८० लाख ८५ हजार ३ सय ५० कित्ताको लागि आबेदन परेको छ।

रसुवामा निर्माणाधीन अवस्थामा रहेका साञ्जेनका दुई वटा आयोजना छन् । त्यसमा माथिल्लो साञ्जेनको क्षमता १४ दशमलव आठ मेगावाट रहेको छ भने साञ्जेनको क्षमता ४२ दशमलव पाँच मेगावाट छ ।

Skip This
Skip This
Logo