आइतबार सेयर कारोबारमा भारी वृद्धि

आइतबार सेयर कारोबारमा भारी वृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचंकमा भारी वृद्धि भई १ अर्ब ३ करोड ६९ लाख ३२ हजार ७३२ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचंक ३१ दशमलव ८९ अकंले बढेर १ हजार २ सय ६४ दशमलव २० मा पुगेर आइतबारको कारोबार बन्द भएको थियो ।

वैशाख सुरु भएदेखि नै निरन्तर रूपमा वृद्धि हुँदै आएको सेयर कारोबार आइतबार १ सय ७१ कम्पनीका ३३ लाख ७५ हजार १५३ कित्ता सेयरको बजार पुँजीकरण १५ खर्ब ६३ अर्ब ५४ करोड ६४ लाख २ हजार रुपैयाँ छ । अहिले केही कम्पनीले तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरिरहेका छन् र उनीहरूको वित्तीय विवरण पनि राम्रो आइरहेको छ ।

विभिन्न कम्पनीको बोनस सेयर र हकप्रद सेयरका लागि बुक क्लोज हुने हुँदा बजारमा प्रत्यक्ष प्रभाव परेको सेयर बजार विश्लेषक ज्योति दाहालको भनाइ छ ।

पछिल्लो एक साताको अवधिमा सेयर बजार परिसूचंक ७५ अंक वृद्धि भएपछि लगानीकर्ता उत्साहित भएका छन् । नेप्सेको तथ्यांक हेर्दा विगत ४ महिना (डिसेम्बर) यता सेयर बजार निरन्तर घटिरहेको थियो । आइतबार सेयर बजारको कारोबार पछिल्लो ४ महिनायताकै उच्च बिन्दुमा छ ।

Skip This
Skip This
Logo