भारतमा आउँदैछन् १० लाखमै पाइने यी चार कम्पनीका ह्याचब्याक कार

भारतमा आउँदैछन् १० लाखमै पाइने यी चार कम्पनीका ह्याचब्याक कार

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । भारतीय बजारमा विभिन्न श्रेणीका कारहरू प्रशस्त उपलब्ध छन् । गाडी उत्पादनका हिसाबले पनि निकै अगाडि रहेको भारतमा ह्याचब्याक कारका लागि धेरै विकल्प रहेको पाइन्छ । जसमध्ये केही कम्पनीका १० लाख (भारती रुपैयाँ)मा पाइने ह्याचब्याक कारहरू बजारमा आउँदैछन् ।

यी कारहरूको सूचीमा मारुती, टाटा मोटर्स, हुन्डाई र रेनोका मोडेलहरू रहेका छन् । भारतमा शीर्ष ह्याचब्याक कार किन्नेको संख्या पनि बढ्दै गएको बताइएको छ । भारतीय बजारमा केही कम्पनीका ह्याचब्याक कार लोकप्रिय छन् । भारतमा १० लाखमै पाइने केही ह्याचब्याक कार हेरौं-

मारुती बलेनो

मारुती बलेनो एक उत्कृष्ट ह्याचब्याक कार हो । यो कार सात कलर भेरियन्टमा बजारमा उपलब्ध छ । यो कारमा के सिरिजको डुअल जेट, डुअल भिभीटी इन्जिन रहेको छ । कारको ब्रेकिङ फिचरमा सुधार गर्न बलेनोमा अपग्रेडेड १४ इन्चको ब्रेक सिस्टम लगाइएको छ । बलेनोमा २२.८६ सेमी एचडी स्मार्टप्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम छ । कारमा ३६० डिग्री भ्यू क्यामेरा पनि छ। । यो कारमा सुरक्षाका लागि ६ वटा एयरब्याग पनि दिइएको छ । मारुती बलेनोको एक्स–शोरूम मूल्य ९.३८ लाख रुपैयाँबाट भारतमा सुरु हुन्छ ।

हुन्डाई आई२०

हुन्डाई आई२० मा भ्वाइस असिस्टेड स्मार्ट इलेक्ट्रिक सनरुफको सुविधा रहेको छ । साथै, यो कारमा २६.०३ सेमी एचडी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र नेभिगेसन सिस्टम समावेश गरिएको छ । वायरलेस चार्जरको सहायताले मोबाइल फोन चार्ज गर्न सकिन्छ । यस यो हुण्डाई कारको एक्स–शोरुम मूल्य ७.०४ लाखबाट सुरु भई ११.२१ लाख रुपैयाँसम्म पर्न जान्छ।

टाटा टियागो

टाटा टियागो १० लाख रुपैयाँको दायराको उत्कृष्ट ह्याचब्याक कार हो । यो कारका २७ भेरियन्ट बजारमा उपलब्ध छन् । यस कारमा डुअल फ्रन्ट एयरब्यागको फिचर पनि दिइएको छ । यसको १.२ लिटर रेभोट्रोन पेट्रोल र द्वि–इन्धन इन्जिनले अधिकतम ८६ पीएस पावर प्रदान गर्दछ । यो कार बजारमा ६ कलर भेरियन्टमा उपलब्ध छ । टाटा टियागोको एक्स–शोरूम मूल्य ५ लाख ६४ हजार ९०० बाट सुरु हुने बताइएको छ ।

रेनो क्विड

रेनो क्विड आकर्षक डिजाइन र नवीन प्रविधिको साथ भारतीय बजारमा उपस्थित छ । २७९ लिटरको बुट स्पेस भएको यो कारमा एलईडी इल्युमिनेशन सहितको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ । रेनो क्विडको एक्स–शोरूम मूल्य ४.७० लाखबाट सुरु भइ यसको टप–एन्ड भेरियन्टको मूल्य ६.४५ लाख रुपैयाँसम्म पुग्ने बताइएको छ । एजेन्सी

Logo