काठमाडौं । सामसङले आफ्नो प्रमुख सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एण्ड प्रोग्रामिङ पूरा गरेकोमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसका ५३ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । अब आउँदो ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन् ।
५३ जना विद्यार्थीहरूलाइ कोर्स उत्तीर्ण गरेको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा आयोजित समारोहमा प्रदान गरिएको थियो। सामसङ नेपाल कार्यालयका प्रमुख, इनसु किम र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डीन डा. शशिधर राम जोशी, साथै सहायक डीन बिनोद कुमार भट्टराई, सहायक डीन सुरज लामिछाने र पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख डा. इन्द्र प्रसाद आचार्यको त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा आयोजित समारोहमा उपस्थिति रहेको थियो।
“हामी कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचको सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्न पाउँदा र यो सामसङ इनोभेसन क्याम्पसले सिर्जना गर्न सक्षम भएको प्रभावको प्रमाण देख्न पाउँदा निकै खुसी छौँ। हामी विद्यार्थीहरूको उल्लेखनीय सहभागिता र हाम्रा साझेदारहरूबाट अभूतपूर्व समर्थन देख्न पाउँदा हर्षित छौँ। प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङसँग एआई, बिग डाटा र आईओटी जस्ता भविष्यका प्राविधिक डोमेनहरूमा विद्यार्थीहरूलाई उच्च दक्षता हासिल गर्नको लागि हामीले एक आकर्षक साझेदारीको अपेक्षा गर्दछौँ। हामीले नेपाली युवाहरूलाई निरन्तर सशक्तीकरण गर्ने र उनीहरूलाई रोजगारीका लागि तयार बनाउने लक्ष्य राखेको छौँ” सामसङ नेपाल कार्यालयका प्रमुख इनसु किमले भने ।
सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम, सामसङ इनोभेसन क्याम्पसको उद्घाटन सन् २०२३ को डिसेम्बरमा गरेको थियो। यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा र कोडिङ एण्ड प्रोग्रामिङजस्ता प्राविधिक सीपहरूमा तालिम दिएर नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउनेछ। यस पाठ्यक्रममा छनोट हुनको लागि पूर्वशर्तहरूमा एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञान समावेश छ।
पाठ्यक्रमहरूको एक भागको रूपमा, विद्यार्थीहरूलाई वास्तविक काममा प्रयोग हुने सीपहरू र इन–डिमान्ड प्राविधिक सीपहरू प्रदान गरिनेछ, जसले उनीहरूको डिजिटल साक्षरता, अध्ययन गर्ने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ।
“त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङले नेपालमा यो प्रतिष्ठित पाठ्यक्रम सञ्चालन गर्न पाउँदा निकै खुसी छ। यो हाम्रा विद्यार्थीहरूको विकास र दक्षता बढाउनको लागि सहायक हो। हामीले कोडिङ एण्ड प्रोग्रामिङ कोर्स पूरा ग¥यौँ जुनलाई अत्यधिक सराहना गरिएको थियो । त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा यो कोर्स सञ्चालन गर्न सामसङसँग सहकार्य गर्न पाउँदा हामी धेरै नै गौरवान्वित छौँ” त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले भने ।
प्राविधिक प्रशिक्षणका साथ यस कार्यक्रमले विद्यार्थीहरूको रोजगार योग्यता बढाउन उनीहरूको ज्ञानलाई जीवनोपयोगी बनाउन सामान्य सीप तालिम पनि प्रदान गर्दछ । यसले समस्या समाधान गर्ने क्षमताहरू पनि वृद्धि गर्दछ, जसले विद्यार्थीहरूलाई नवीन खोजकर्ता बन्न पनि सक्षम बनाउनेछ ।
इन्स्टिच्युट अफ इन्जिनियरिङमा सामसङ इनोभेसन क्याम्पस अन्तर्गतको पाठ्यक्रमको एक हिस्सा स्वरूप विद्यार्थीहरूले व्यवहारिक परियोजनामा पनि सहभागी बन्नेछन् । यस अन्तर्गत विद्यार्थीहरूलाई सामाजिक महत्वका परियोजनाहरू प्रस्तुत गर्ने चुनौती दिइनेछ, जसमा एआई, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र आइओटिको भूमिका रहनेछ ।































प्रतिक्रिया