बीवाईडी गाडीको बिक्रेता साइमेक्स इंकद्वारा ११ महिनामा झण्डै १० अर्बको कारोबार

बीवाईडी गाडीको बिक्रेता साइमेक्स इंकद्वारा ११ महिनामा झण्डै १० अर्बको कारोबार

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककाे व्यापार वर्षेनी बढ्दै गएको देखिएको छ । उक्त कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा झण्डै १० अर्बको कारोबार गरेको हो ।

इक्रा नेपालले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साइमेक्स इंकले यो आर्थिक वर्षको ११ महिनासम्ममा ९ अर्ब ९३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । सन् २०२१ मा ६ करोड ९० लाख र सन् २०२२ मा ४४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार यस कम्पनीले गरेको थियो ।

यस्तै, सन् २०२३ मा उक्त कम्पनीले एक अर्ब ९१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको इक्रा तथ्याङ्कले देखाएको छ । गत वर्षसँग तुलना गर्दा यो वर्षको ११ महिनासम्ममा साइमेक्स इंकले करिव ८ अर्ब २ करोड २० लाख व्यापार गरेको छ ।
नेपालमा सर्वाधिक गाडी बिक्री हुने सूचिको पहिलो नाममा आउँने यो कम्पनीकी प्रवन्ध निर्देशक यमुना श्रेष्ठ र अध्यक्ष अनिल श्रेष्ठको नाममा क्रमशः ५०.५ र ४९.५ प्रतिशत सेयर रहेको छ ।

साइमेक्स इंक नेपालमा बीवाईडीको विभिन्न मोडलको गाडी बिक्री गर्दै आएको छ । कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्न छोटो समय अवधिका लागि करिव ३ अर्ब रुपैयाँ ऋण लिएको पनि इक्रा नेपालले बताएको छ ।

कम्पनीको कुल ऋणको कुल नेटवर्थको ०.७ गुणा छ । देशका विभिन्न स्थानमा बीवाईडीको डिलर रही बिक्री हुँदै आएका उक्त ईभी गाडीप्रतिको क्रेज आम उपभोक्ताबीच बढ्दो छ ।

Logo