सुपर स्प्लेंडरको माइलेज च्यालेन्ज क्याम्प सफलतापूर्वक सम्पन्न

सुपर स्प्लेंडरको माइलेज च्यालेन्ज क्याम्प सफलतापूर्वक सम्पन्न

केन्द्रबिन्दु
15
Shares

नेपालमा हिरो मोटरसाइकल र स्कुटरको एक मात्र वितरक सी.जी. मोटर्सले दुई पाङ्ग्रे सवारी उद्योगका लागि इन्धन दक्षता र कार्यसम्पादनमा नयाँ बेन्चमार्क स्थापित गर्दै सुपर स्प्लेंडरको माइलेज च्यालेन्ज क्याम्प सफलतापूर्वक सम्पन्न गरेको छ ।

आफ्ना ग्राहकहरूमाझ उत्साह ल्याउन विभिन्न डिलरशिपहरूमा माइलेज च्यालेन्ज क्याम्प सञ्चालन गरिएको थियो, जहाँ सुपर स्प्लेंडर १२५ ले ग्राहकहरूको अपेक्षालाई पार गर्याे र लगभग ९० प्लस केएमपीएल माइलेज विजेताहरुले हासिल गरेका थिए । हिरो मोटो कर्पका अध्यक्ष डा. बृजमोहन लाल मुञ्जालको १००औँ जन्म जयन्ती समारोहलाई सम्मान गर्दै यो माइलेज च्यालेन्जीहरू सञ्चालन गरिएका थियौं, जहाँ विजेताहरूले उत्कृष्ट माइलेज मेट्रिक्स हासिल गरेका थिए ।

सी जी हिरो नेपालगन्जबाट विजेताः जगदीश चौधरीे ९७.५४ किलोमिटर
सी जी हिरो कावासोतीबाट विजेताः टिकाराम कँडेलल ९०.२७ किलोमिटर प्रतिलिटर
सी जी हिरो विराटनगरबाट विजेताः उपेन्द्र मुखियो ८८.७८ किलोमिटर प्रतिलिटर
सी जी हिरो बुटवलबाट विजेताः कमल पन्थीे ९०.३२ किलोमिटर प्रतिलिटर

असार २०८१ मा आयोजित यस माइलेज च्यालेन्जमा सुपर स्प्लेंडरका लोयल ग्राहकहरूले वास्तविक संसारमा आफ्ना सवारी साधनहरूको इन्धन दक्षता परीक्षण गर्न सहभागी भएका थिए । सहभागीहरूले उनीहरूको सुपर स्प्लेन्डर १२५ ले हासिल गरेको प्रभावशाली माइलेजको तथ्याङ्कलाई प्रमाणित गर्नको लागि सुरु र अन्त्य बिन्दुहरू, इन्धन खपत र यात्रा गरेको दूरीलगायत आफ्नो यात्राहरू ट्र्याक गर्न आवश्यक थियो । यसरी हिरो मोटो कर्प नेपालले आफ्ना ग्राहकहरूलाई सन्तुष्ट पार्दै ग्राहकहरुको हृदयमा शीर्ष स्थान स्थापित गर्न सफल भएको छ ।

Logo