काठमाडौँ
नेपाल क्रेडिट एन्ड कमर्श बैंक अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार, आन्तरिक राजस्व विभागबाट स्वीकृति लिई विगत १६ वर्षदेखि छुट्टै युनिटका रूपमा सञ्चालित एनसीसी बैंकले देशभर अवकाश कोषको शुरुवात गरेको छ ।
उसले देशभर रहेका आफ्ना १ सय २२ शाखाहरूमार्फत सञ्चयकोष, अवकाश कोष, उपदान कोष, सञ्चित बिदा कोष लगायत अन्य कोषहरूको खाता खोल्ने, सञ्चित बचतको ९० प्रतिशतसम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीहरूलाई सञ्चित कोष रकम फिर्ता भुक्तानी दिने जस्ता कार्यहरू गर्दै आइरहेको छ ।
यस कोषले गत ०७५ असार मसान्तसम्मको सञ्चित बचतबाट ७० प्रतिशत रकम ३ करोड ६२ लाख ७० हजार रुपैयाँ आफ्ना करिब २ सय भन्दा बढी संघ–संस्थाका सबै ग्राहक कर्मचारीहरूलाई सोही अवधिको सञ्चित अवकाश कोषमा रहेको मौज्दातको १.८३ प्रतिशत लाभांश रकम निजहरूकै सम्बन्धित अवकाश कोष खाताहरूमा जम्मा हुने गरी वितरण गरेको छ ।
यस योजना अन्र्तगत सबै व्यक्तिगत सञ्चयकर्ताहरूका लागि प्रत्येक वर्ष १५ हजार सम्मको निःशुल्क औषधोपचार बिमा सुविधा पनि उपलब्ध हुनेछ ।





























प्रतिक्रिया