एनआईसी एशिया क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान संचालनमा ल्याएको छ ।
व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै वर्ष २०७६ मा “एक नेपाली, एक डिम्याट खाता“ अभियानको थालनी गरेको हो । एन आई सी एशिया क्यापिटलले आम जनतामाझ डिम्याट खाताको पहुँच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान संचालन गर्ने जनाएको छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले सोहि अभियानलाई थप टेवा पुर्याउन २०७६ अषाढ मसान्तसम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट गरिएकोे छ । सो अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पुर्याउने विश्वास लिईएको छ ।





























प्रतिक्रिया