पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत

पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत

केन्द्रबिन्दु
9
Shares

झापा । जिल्ला पूर्वाधार विकास कार्यालयको आर्थिक वर्ष २०८० । ८१ मा २अर्ब १२ करोड ४६ लाख ५० हजार खर्च भएको छ । यो खर्च पुँजीगततर्फ विनियोजित रकमको ७३ दशमलव ३९ प्रतिशत हो ।

उक्त कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुुसार प्रदेश स्रोत, सङ्घ सशर्त र समपूरक गरी जम्मा २ अर्ब १२ करोड ४६ लाख ५० हजार पुँजीगततर्फ विनियोजन भएको थियो । “चालुतर्फ विनियोजित दुई करोड ३० लाखमध्ये १ करोड ७६ लाख ४६ हजार अर्थात् ७७ प्रतिशत रकम खर्च हुँदा समग्रमा ७३ दशमलव ४३ प्रतिशत खर्च भएको छ”, उनले भने ।

झापा र इलाम दुई जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालयले गत आवमा झापामा ४ र इलाममा दुई गरी ६ वटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको थियो । यसैगरी, गत आवमा २६ दशमलव ७३ किमी सडक कालोपत्र, २७ दशमलव ५८ किमी सडक ग्राभेल, १७ दशमलव पाँच किमी सडक मर्मत, ३ किमी कच्ची सडक, १ दशमलव ३७ किमी पिसिसी र २ दशमलव २० किमी सडक सोलिङ गर्ने काम सम्पन्न भएको छ । झापा जिल्लामा दुईवटा बहुवर्षीय सडकको २० दशमलव ४७ किमी निर्माण सम्पन्न भएको छ ।

Logo